जेलमा रहेका इमरान खानलाई राहत
इस्लामवाद । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि अहिले राहतको खबर आएको छ । पाकिस्तानको एक अदालतले गत वर्ष मे ९ मा भएको हिंसासँग सम्बन्धित दुई मुद्दामा पर्याप्त प्रमाण नभएको भन्दै इमरानलाई सफाइ दिएको छ ।
खानलाई गत वर्ष भ्रष्टाचार घोटालामा पक्राउ गरेपछि उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले एक विरोध प्रदर्शनका क्रममा संवेदनशील सैन्य प्रतिष्ठानलगायत सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए । साे हिंसाकै कारण पार्टीका नेता पक्राउमा परेका थिए ।
पीटीआईका संस्थापक इमरान खानविरुद्ध शहजाद टाउन पुलिस स्टेसनमा दर्ता भएको दुई मुद्दाहरूलाई चुनौती दिने याचिका इस्लामावाद जिल्ला र सत्र अदालतका न्यायिक मजिस्ट्रेट उमर शब्बीरले मन्जुरी दिएको थियो । तर ७१ वर्षीय खानका सम्बन्धमा अभियोजन पक्षले पेश गरेका प्रमाण पर्याप्त नभएको उनलाई दोषी ठहर्याउन नसकिने अदालतको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण