दुई दिनमा ७५अर्ब तरलता तान्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ५० तरलता प्रशोचन गरेको केन्द्रीय बैंकले दोस्रो दिन पुनः २५ अर्ब तान्ने भएको हो ।
निक्षेप सङ्कलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी हुन नसक्दा तरलता बढी रहेको छ । गत जेठ १५ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कूल ६२ खर्ब ६अर्ब निक्षेप सङ्कलन गर्दै यता ५१ खर्ब २० अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा ८०.२७ प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग पर्याप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९६प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला