अमेरिका र बेलायतले यमनमा हुथीमाथि गरे १३ हमला
वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी युद्धबिच यमनको हुथी लडाकुहरुले रेड सीमा आतंक मच्च्याइरहेका छन् । यसैबीच अमेरिका र बेलायतले यमनमा हुथीसम्बन्धित १३ ठाउँमा हमला गरेका छन् । दुवै देशले रेड सी र अदनको खाडीमा जहाजमाथि भएका हमलाको प्रतिकारमा सो आक्रमण गरेका हुन् ।
अमेरिका र बेलायती लडाकु विमान र अमेरिकी जहाजले कयौँ भूमिगत केन्द्र, मिसाइल लञ्चर, कमान्ड र नियन्त्रण स्थल, हुथीको युद्धपोत र अन्य एकाइमा हमला गरेको बताइएको छ । हुथी नियन्त्रित क्षेत्रमा अमेरिकाले आठ मानवरहित बहानलाई पनि निशाना बनाएको छ ।
यही हप्ताको सुरुमा मिसाइल हमला गरेर रेडसीमा ग्रिसको एक जहाजलाई क्षति पुर्याएको थियो । सो हमलाको जिम्मा कसैले लिएको छैन । तर सो हमलामा हुथीको हात हुन सक्ने आशङ्का गरिएको थियो । १२ जनवरीयता अमेरिका र बेलायतले मिलेर हुथीविरुद्ध गरेको यो पाँचौँ कारबाही हो । रेडसीमा हुथीले आक्रमण जारी राखे भविष्यमा पनि जवाफी हमला गरिने चेतावनी अमेरिकाले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण