भलिबलका लागि आवासीय कभर्ड हल बनाउँदैछौं : मन्त्री श्रेष्ठ
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कभर्ड हल बनाउने बताएका छन् । शनिवारबाट काठमाडौँमा सुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए । उनले नेपालमा भलिबल खेलको निकै ठुलो सम्भावना रहेको बताउँदै भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको बताए ।
मन्त्री श्रेष्ठले भने– ‘भलिबलका बारेमा अलिकति कुरा तपाईंहरुलाई निवेदन गर्न चाहन्छु । भलिबल हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसाबले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौती भएको छ । यही बजेटमा, यही नीति तथा कार्यक्रममा भलिबलका लागि एउटा गन्तव्यको रूपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरूले सकेका छैनौँ । यही पाला भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु ।’
मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण