भलिबलका लागि आवासीय कभर्ड हल बनाउँदैछौं : मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले भलिबलको लागि आवासीय कभर्ड हल बनाउने बताएका छन् । शनिवारबाट काठमाडौँमा सुरु भएको आठौँ एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षमा भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन कुरामा छलफल भइरहेको र बन्नेमा आशावादी रहेको बताए । उनले नेपालमा भलिबल खेलको निकै ठुलो सम्भावना रहेको बताउँदै भलिबलको लागि राम्रो कभर्ड हल बनाउने चुनौती अहिले रहेको बताए ।
मन्त्री श्रेष्ठले भने– ‘भलिबलका बारेमा अलिकति कुरा तपाईंहरुलाई निवेदन गर्न चाहन्छु । भलिबल हाम्रो पहाडतिर, गाउँतिर, मधेसतिर धेरै खेल्ने खेल हो । राष्ट्रिय गेम भएपनि यसको राम्रो खेल्ने डेडिकेटेड हिसाबले एउटा हल बन्ने हामी सबैको एउटा साझा चुनौती भएको छ । यही बजेटमा, यही नीति तथा कार्यक्रममा भलिबलका लागि एउटा गन्तव्यको रूपमा विकास गर्न खोजेको तर जग्गा प्राप्तिका यावत समस्याहरूले सकेका छैनौँ । यही पाला भलिबलको लागि एउटा आवासीय कभर्ड हल बनाउन हामी सबै मिलेर सक्छौँ कि भन्नेमा आशावादी छु ।’
मन्त्री श्रेष्ठले खेल क्षेत्रको विकासका लागि सबै मिलेर लाग्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
-
चैते धानले उचित मूल्य नपाएको गुनासोपछि कृषि र उद्योगमन्त्रीबिच छलफल, आवश्यक पहल गर्ने निर्णय
-
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्चको अल्पकालीन अन्तरिम आदेश
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो