जनकपुरमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन
जनकपुर। जनकपुरको रामानन्द चोकमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले शनिवार एक समारोहका बिच कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै उनले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताए ।
उनले सामाजिक सुरक्षा योजनाको महत्त्व स्पष्ट पार्दै यो कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे । सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो कस्तो लाभ पाउन सकिन्छ ? भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीलाई उनले आग्रह गरे ।
योजनामा ढुक्कसँग सहभागी हुन सेवाग्राहीलाई मन्त्री अर्यालले अनुरोध गरे । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार यो कार्यालयबाट मधेस प्रदेशको धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुनेछ । यी चार बाहेक अन्य जिल्लाका ‘रोजगारदाता तथा योगदानकर्ताले पनि यो कार्यालयबाट सेवा लिन सक्नुहुनेछ । चार जिल्ला सेवाग्राहीलाई सहज हुन्छ भन्ने हामीलाई लागेको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण