जनकपुरमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन

जनकपुर। जनकपुरको रामानन्द चोकमा सामाजिक सुरक्षा कोषको कार्यालय उद्घाटन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले शनिवार एक समारोहका बिच कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै उनले सामाजिक सुरक्षा कोषको सञ्जाल विस्तारले रोजगारदाता तथा योगदानकर्ता श्रमिकहरूलाई सेवाका लागि थप सहज हुने बताए ।
उनले सामाजिक सुरक्षा योजनाको महत्त्व स्पष्ट पार्दै यो कार्यालय स्थापना भएसँगै कोषको सेवाबारे बुझ्न र आबद्ध हुन सहज हुने विश्वास व्यक्त गरे । सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकम कहाँ जान्छ ? योगदान गर्दा कस्तो कस्तो लाभ पाउन सकिन्छ ? भन्ने विषयमा मधेस प्रदेशका सेवाग्राहीलाई स्पष्ट जानकारी दिन कार्यालयका कर्मचारीलाई उनले आग्रह गरे ।
योजनामा ढुक्कसँग सहभागी हुन सेवाग्राहीलाई मन्त्री अर्यालले अनुरोध गरे । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार यो कार्यालयबाट मधेस प्रदेशको धनुषा, सप्तरी, सिराहा र सर्लाही गरी चार जिल्लाका रोजगारदाता तथा श्रमिकहरूलाई सेवा लिन सहज हुनेछ । यी चार बाहेक अन्य जिल्लाका ‘रोजगारदाता तथा योगदानकर्ताले पनि यो कार्यालयबाट सेवा लिन सक्नुहुनेछ । चार जिल्ला सेवाग्राहीलाई सहज हुन्छ भन्ने हामीलाई लागेको हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
-
ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
-
सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....