पहिचानबाट भाग्नु हुँदैन : सीके राउत

विजय थापा । जनमत पार्टीका अध्यक्ष डा सीके राउतले पहिचानबाट भाग्न नहुने र पहिचानमा गर्व गर्नु पर्ने बताएका छन् । उनले अमेरिकामा सन् २००५ मा स्थापित एसोसिएन अफ नेपाली तराईएन इन अमेरिका(एन्टा)को ७ औ सम्मेलनमा प्रमुख अतिथिको भूमिका निर्वाह गर्दै मन्तव्य राख्ने क्रममा उक्त कुरा भनेका हुन्।
एन्टाले अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्यानटिली सहरमा आयोजना गरेको सम्मेलनको लागि प्रमुख अतिथिको रूपमा उनले मन्तव्य राखे । उनले पहिचानको विभेदबाट मुक्ति पाइन्छ कि भन्ने उद्देश्यले विदेश जाँदा पनि त्यसबाट मुक्त नभएको जनाए । विभेद र पहिचानबाट भाग्दा पनि धरै नपाइएको बताए । उनले अगाडि भने हामी कहाँ पहिचानको समस्या छ तर जहाँ गए पनि पहिचानको समस्यासँग जुधेको बताए ।
मन्तव्यकै क्रममा उनले इतिहासको बारेमा मल्ल राजाको प्रसङ्ग ल्याउँदै उनीहरू मधेसबाट पहाड गएको इतिहासको चर्चा गरे ।
मधेसी हुनुमा सबैले गर्व गर्नु पर्ने र यसमा हीनताबोध गर्नु पर्ने कुनै कारण नभएको भन्दै उनले अमेरिकामा यत्र तत्र छरिएर रहेका सबै मधेसबाट प्रतिनिधित्व गर्ने सबैलाई पहिचानका विषयमा अन्तर्राष्ट्रिय स्तरमा बचाउनु पर्ने जनाए ।
उनले आफूलाई धेरै पटक अमेरिकाबाट फर्किएको आरोप र चर्चा चल्ने भएकोले उनले स्पष्ट पर्दै भने अमेरिकामा केवल २ वर्ष मात्र बसेको बरु बेलायत र जापान ३–३ वर्ष बसेको स्पष्ट पारे ।
कार्यक्रममा सम्मेलन सभापति डा मृदुला गुप्ताले स्वागत मन्तव्य राखेकी थिइन् भने विभिन्न वक्ताहरूले मन्तव्य राखेका थिए । एसोसिएन अफ नेपाली तराईएन इन अमेरिका(एन्टा)का संस्थापक सभापति रतन झाले एन्टा कसरी गठन भएको भन्दै संस्थाको बारेमा परिचय दिएका थिए । उनले प्रमुख अतिथि डा सिके राउतलाई उनको कामबाट उत्प्रेरित र हौसला प्राप्त भएको भन्दै धन्यवाद दिए । झाले सबैलाई संस्थाको उद्देश्य र ध्येयमा ध्यान दिनु पर्ने कुरामा जोड दिए ।
अन्य अतिथिहरूमा क्रमस पत्रकार प्रदिप भट्टराई, एएनएनका अध्यक्ष खगेन्द्र अधिकारी, अजित शाह, प्रा मेदनी अधिकारी, ललित झा, जय शाह, अन्नपूर्ण देव लगायतले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने