एकीकृत समाजवादीले महाधिवेशनको लोगो सार्वजनिक गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले असारमा हुने महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्न लागिएको सो पार्टीका नेताहरूले जनाएका छन् ।
आइतबार दिउँसो महाधिवेशनको तयारीबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भुसाल लगायतका नेताहरू सहभागी हुने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार गोलाकारभित्र हँसिया हथडौसहित १० अंक लेखिएको महाधिवेशनको लोगो तयार पारिएको छ ।
एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा हुँदैछ । सो पार्टीले महाधिवेशनको आवश्यक तयारी तीव्र बनाएको जनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायहरू निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार तयारीमा लागेको पार्टी प्रचार विभागले जनाएको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाइसकेका छन् । पार्टीले महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइसकेको छ ।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । ती कमिटीहरूले मस्यौदा दस्ताबेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरूलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण