एकीकृत समाजवादीले महाधिवेशनको लोगो सार्वजनिक गर्ने
_WD8nE9GL6F.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले असारमा हुने महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ । आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत महाधिवेशनको लोगो सार्वजनिक गर्न लागिएको सो पार्टीका नेताहरूले जनाएका छन् ।
आइतबार दिउँसो महाधिवेशनको तयारीबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल तथा महासचिव घनश्याम भुसाल लगायतका नेताहरू सहभागी हुने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार गोलाकारभित्र हँसिया हथडौसहित १० अंक लेखिएको महाधिवेशनको लोगो तयार पारिएको छ ।
एकीकृत समाजवादीको १० औँ राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० सम्म काठमाडौँमा हुँदैछ । सो पार्टीले महाधिवेशनको आवश्यक तयारी तीव्र बनाएको जनाएको छ । महाधिवेशन मूल व्यवस्थापन कमिटीका सबै विभाग तथा निकायहरू निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने कार्यतालिकाअनुसार तयारीमा लागेको पार्टी प्रचार विभागले जनाएको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार व्यवस्थापन कमिटीका सम्बन्धित निकायले सदस्यता अभिलेख, कार्यप्रगतिको विवरण केन्द्रमा बुझाइसकेका छन् । पार्टीले महाधिवेशनलाई केन्द्रित गरी सबै कमिटी, विभाग र फाँटलाई आगामी असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइसकेको छ ।
केन्द्रीय सङ्गठन विभागले नेता तथा कार्यकर्ताको सदस्यता प्रदान र नवीकरणको सबै प्रक्रियाका साथै शुल्कसहितको विवरण केन्द्रले प्रमाणित गरेपछि त्यसको नामावली विवरण सम्बन्धित कमिटीमा पठाएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी, विधान र साङ्गठनिक दस्तावेजलाई थप छलफल गर्न सबै जिल्ला तथा कमिटीहरूमा पठाइएको छ । ती कमिटीहरूले मस्यौदा दस्ताबेजमाथि आफ्नो कार्यक्षेत्रमा रहेका पार्टी सङ्गठित सदस्यहरूलाई यही जेठ ३२ गतेसम्म छलफल गराउने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
‘काठमाडौँ फेसन वीक’सँग जोडियो नेक्स्ट मोडल्स नेपाल