कुवेतका अमिरद्वारा नयाँ युवराज घोषणा
कुवेत सिटी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापछि शनिवार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।
सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेश मन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक जगतमा अनुभवी व्यक्ति मानिन्छन् । गत मे महिनामा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको ६ हप्तापछि संसद् विघटन गरेपछि कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।
गत डिसेम्बरमा राष्ट्रप्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए । अन्य खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ ।
सांसदहरूसँग अधिकार भए पनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार सङ्कट निम्त्याउँछ । कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भण्डार छ र यो देशमा विश्वको सबैभन्दा ठुलो सार्वभौम सम्पत्ति कोष रहेको छ ।
तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न सङ्घर्ष गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण