सात वर्षपछि अलग्गिएका हुन् मलाइका र अर्जुन कपूर ?
नयाँ दिल्ली । बलिउड जोडी मलाइका अरोरा र अर्जुन कपुर अलग भएको हल्ला चलिरहेको छ । सात वर्षसम्मको प्रेम सम्बन्धपछि उनीहरू छुट्टिएका हुन् ।
यसअघि पनि अर्जुन र मलाइका अलग भएको खबर बारम्बार आएको थियो । अर्जुनले सोसल मिडिया इन्फ्लुएन्सर कुशा कपिलालाई डेट गरिरहेको खबर आइरहेको छ ।
यसैबिच कुशाले आफू र अर्जुनबिच केही नभएको बताएकी थिइन् । सो हल्ला चलेको केही समयपछि अर्जुनले मलाइकाको जन्मदिनमा रोमान्टिक तस्बिर शेयर गरेपछि ब्रेकअपको हल्ला बन्द भएको थियो । तर अहिले फेरि दुईबिच ब्रेक अपको खबर आएको छ ।
हालै मलाइका र अर्जुनले सामाजिक सञ्जालमा ‘क्रिप्टिक’ पोस्ट शेयर गरेका थिए । मलाइकाले इन्ष्टाग्रामको स्टोरीमा विश्वको सबैभन्दा ठुलो धन आफूलाई माया र सहयोग गर्ने मान्छे हुन् भनेकी छिन् ।
यी मानिसलाई किन्न वा विस्थापित गर्न नसकिने अनि हरेकसँग केही मात्रै यस्ता मानिस हुने पोस्टमा बताइएको थियो । उता अर्जुनले पनि ‘हामीसँग जीवनमा २ विकल्प हुन्छन् : विगतको बन्दी भएर बस्ने कि भविष्यको सम्भाव्यताहरू खोज्ने’ भन्दै पोस्ट गरेका थिए ।
आफ्नो सम्बन्धबारे मलाइका र अर्जुनले औपचारिक रूपमा केही पनि भनेका छैनन् । सन् २०१९ मा अर्जुन कपुरको जन्मदिनमा मलाइका र अर्जुनले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण