२१ औँ राष्ट्रिय धान दिवसका लागि नारा तय
आइतबार, २० जेठ २०८१, १७ : ५६
काठमाडौँ । सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।
विभागका महानिर्देशक डा. हरि बहादुर के.सी. को अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि सो नारा तय गरिएको हो ।
यसअघि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले धान दिवसको लागि देशव्यापी रूपमा नारा सङ्कलन गरेको थियो । सोही अनुसार नारा तय गरिएको हो ।
सोही नारामा आधारित रही आगामी असार १५ गते धानवाली प्रवर्द्धनका लागि देशव्यापी रूपमा दिवस मनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण