भारत लाेकसभा निर्वाचन
जेलबाट निर्वाचन लडिरहेका अमृतपाल सिंह ६३ हजार मतले अगाडि
मङ्गलबार, २२ जेठ २०८१, १३ : ००

नयाँ दिल्ली । पञ्जाबको खादुर साहिब लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार अमृतपाल सिंह अगाडि छन् । भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार बिहान ११ः२० बजेसम्म अमृतपाल सिंहले १ लाख ५३ हजार ५८९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका कुलवीर सिंह जिराले ८९ हजार ६५४ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार कुलबीर सिंह भन्दा अमृतपाल सिंह करिब ६३ हजार मतले अगाडि छन् । अमृतपाल सिंह जेलबाट चुनाव लडिरहेका छन् ।
पञ्जाबमा १३ सिटको कुरा गर्दा कांग्रेस ६ सिटमा अगाडि छ भने आम आदमी पार्टी ३ सिटमा अगाडि छ । शिरोमणि अकाली दल दुई सिटमा अगाडि छ भने अरु दुई सिटमा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको स्वार्थले थप गिजोलियो एनआरएनए
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर