भारत लाेकसभा निर्वाचन
जेलबाट निर्वाचन लडिरहेका अमृतपाल सिंह ६३ हजार मतले अगाडि
मङ्गलबार, २२ जेठ २०८१, १३ : ००
नयाँ दिल्ली । पञ्जाबको खादुर साहिब लोकसभा सीटबाट स्वतन्त्र उम्मेदवार अमृतपाल सिंह अगाडि छन् । भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार बिहान ११ः२० बजेसम्म अमृतपाल सिंहले १ लाख ५३ हजार ५८९ मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका कांग्रेसका कुलवीर सिंह जिराले ८९ हजार ६५४ मत ल्याएका छन् । निर्वाचन आयोगका अनुसार कुलबीर सिंह भन्दा अमृतपाल सिंह करिब ६३ हजार मतले अगाडि छन् । अमृतपाल सिंह जेलबाट चुनाव लडिरहेका छन् ।
पञ्जाबमा १३ सिटको कुरा गर्दा कांग्रेस ६ सिटमा अगाडि छ भने आम आदमी पार्टी ३ सिटमा अगाडि छ । शिरोमणि अकाली दल दुई सिटमा अगाडि छ भने अरु दुई सिटमा स्वतन्त्र उम्मेदवार अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण