टी–२० विश्वकप
नेपाली कप्तान रोहित भन्छन्, ‘टस ठुलो विषय होइन, हामी ठुलो स्कोर बनाउन चाहन्छौँ’
मङ्गलबार, २२ जेठ २०८१, २१ : ३५
काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीका लागि टसले ठुलो अर्थ नराख्ने बताएका छन् । ‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौ । अहिलेका लागि हाम्रो लक्ष्य यही हो,’ नेदरल्यान्ड्सले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपाली टोलीका कप्तानले भने ।
उनले १० वर्षपछि आफूहरु विश्वकप मञ्चमा उभिएको बताउँदै सानैदेखि देशका लागि विश्वकप खेल्नु आफ्नो सपना भएको प्रतिक्रिया पनि दिएका छन् । नेपाल र नेदरल्यान्ड्सबिचको खेल अमेरिकाको डालासमा केही समयमा सुरु हुनेछ ।
खेल मंगलबार राति ९ः१५ बजे सुरु हुने भनिए पनि केही समयअघि भएको वर्षाका कारण आउट फिल्ड सुक्न समय लागेकाले खेलमा केही विलम्ब भएको हो । समूह ‘डी’ मा रहेको नेपाल र नेदरल्यान्ड्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण