सुमनालक्षित ओलीको अभिव्यक्तिमा रास्वापाले संसदमा उठायो प्रश्न
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसद खनालले शिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गरी ओलीले दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् ।
केही दिनअघि ओलीले विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्दै सुमनामाथि टिप्पणी गरेका थिए । ओलीको उक्त टिप्पणीलाई लक्षित गर्दै खनालले लामो समयदेखि नेपालको राजनीतिमा महिलाको उन्मुक्ति र वर्गीय उन्मुक्ति हामीले केका लागि गरेको भनेर प्रश्न गरेका छन् ।
संविधानको प्रयोग गरेर देशलाई नेतृत्व गर्छु भन्दा टिप्पणी सहनु परेको उनको भनाइ छ । विदेशीसँग विहे गर्ने भृकुटी र सीता पुज्ने नेपालमा विदेशीसँग बिहे गरेको भनेर सुमनालाई होच्याउने काम भएको बताए ।
‘कुनै एउटा यस्तो युग थियो जहाँ, काठमाडौँकी राजकुमारी (भृकुटी) तिब्बतका राजासँग विवाह गरिन् । जनकपुरकी राजकुमारी (सीता) अयोध्याका राजासँग विवाह गरे र दुवै पुज्य भए । आज यस्तो जमाना आयो, विदेशमा उच्च शिक्षा हासिल गरेकी एउटा महिला नेतृ दस वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधी लिएर गाउँ पुगिन् । नाकाबन्दीको बेला कारपुल भनेर सडकमा हिँडिरहेका मानिसलाई यात्राको सुविधा प्रदान गरिन्। उद्यममार्फत रोजगारी सिर्जना गरिन्। राजनीतिमा आइन् र मन्त्री बनिन्। उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनिन् भनिन्छ,’ सांसद खनालले भने ।
मन्त्री श्रेष्ठको कहिले लुगामा त कहिले समानुपातिक सांसद भनेर होच्याउने काम भएकोमा उनले आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण