सुनको मूल्यले रेकर्ड तोड्यो, तोलामा कति पुग्यो ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अहिलेसम्म कायम सबै मूल्यलाई उछिन्दै छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार जेठ २२ गते तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ रेकर्ड भएको सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात् बुधवार केही घटेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भए पनि बिहीबार पुनः १८ सय रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार रुपैयाँ पुगेको हो ।
सुनमा भएको भन्सार कर वृद्धि र अन्तर्राष्ट्रियै भएको मूल्यवृद्धिको असर स्थानीय बजारमा देखिएको हो ।
महासङ्घका अनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’
-
टीआरसी छनोट प्रक्रिया खारेज गर्न माग गर्दै प्रदर्शन