वार्नरको नाममा दुई नयाँ कीर्तिमान, फिन्च र गेलको रेकर्ड तोडियो
काठमाडौँ । अस्ट्रेलियाका डेभिड वार्नर टोलीका लागि अन्तर्राष्ट्रिय टी–२० खेलहरूमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । बिहीबार बिहान ओमानविरुद्ध अर्धशतकीय इनिङ्स खेल्दै उनले सो रेकर्ड बनाएका हुन् ।
उनले यसमा पूर्व कप्तान एरोन फिन्चलाई उछिनेका हुन् । बिहीबारको खेलमा उनले ५१ बलमा ५६ रन जोडेका थिए । यस क्रममा उनले ६ चौका र १ छक्का हिर्काए ।
योसँगै टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले १०४ खेलमा ३ हजार १५५ रन बनाएका छन् । यसअघि फिन्चले १०३ खेलमा ३ हजार १२० रन बनाउँदै यो सूचीमा शीर्ष स्थानमा रहेका थिए । तेस्रो स्थानमा १ सय ७ खेलमा २ हजार ४६८ रन बनाएका ग्लेन म्याक्सवेल रहेका छन् ।
यता, वार्नर टी–२० खेलहरूमा सबैभन्दा धेरै अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् । उनले टी–२० खेलहरूमा अर्धशतकको सङ्ख्या १ सय ११ पुर्याएका छन् ।
उनले वेस्ट इन्डिजका पूर्वखेलाडी क्रिस गेलले बनाएको १ सय १० वटा अर्धशतकको विश्व कीर्तिमान भङ्ग गर्न सफल भए । यस सूचीमा भारतका विराट कोहली तेस्रो स्थानमा छन् । उनले १ सय ५ वटा अर्धशतक बनाएका छन् ।
पाकिस्तानका कप्तान बाबर आजम चौथो स्थानमा छन् । उनले १ सयवटा अर्धशतक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण