एआईए बास्केटबलमा ६६ टिम
बिहीबार, २४ जेठ २०८१, १५ : २९
काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गर्ल्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका भाइस प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीन दिने प्रतियोगिताका खेलहरू शंखमुलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण