कांग्रेसले बालेन शैलीको समर्थन गर्नु गणेशमान र कृष्णप्रसाद भट्टराईको अपमान हो : महेश बर्तौला
बिहीबार, २४ जेठ २०८१, १८ : ०२

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको बताएका छन् । बिहीबार संसद् भवन बाहिर कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले काठमाडौँ महानगरका प्रमुख शाहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताए । उनले सामाजिक सञ्जालमा मेयर शाहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताए । उनले देश, लोकतन्त्रका लागि लडेको नेताहरूको बारेमा मेयर शाहको टिप्पणी तल्लो स्तरको रहेको बताए ।
प्रमुख सचेतक बर्तौलाले कांग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा २१ टोली
-
गम्भीर रोगको उपचार बीमाबाट हुने व्यवस्था गर्न ‘सुविधा थैली’ को परिमार्जन गरिने
-
यस्तो छ ५६ पेज लामो सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
१३ वर्षीय किशोर लिएर भागेकी शिक्षिका भन्छिन्– ऊ मेरो गर्भमा रहेको बच्चाको पिता हो
-
गण्डकी प्रदेशलाई हराउँदै इरानको टोली सेमिफाइनलमा
-
१४ वर्ष मुनिका बालबालिकाका लागि नि:शुल्क क्यान्सर उपचार सेवा दिने घोषणा