समाजवादी क्रान्तिमा लाग्न नेता खनालको निर्देशन
हेटौंडा । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको होटौंडा नगर अधिवेशन उद्घाटन गर्न आएका खनालले अगुवा कार्यकर्तासँगको छलफलमा अबको यात्रा समाजवाद भएकाले सोही अनुसार क्रान्तिमा संलग्न हुन निर्देशन दिएका हुन् ।
खनालले पार्टीको महाधिवेशनमा सकारात्मक सन्देश प्रवाह गर्न एकजुट भएर अघि बढ्न आग्रह गरे । उनले पार्टीको नेतृत्वको लागि आफू आकाङ्क्षी रहेको संकेत गरे । उनले कार्यकर्तासँगको छलफलका क्रममा पार्टीको पुँजीका रूपमा २ प्रधानमन्त्री रहेको र कार्यकर्ताले आवश्यक निर्णयसहित व्यवस्थापन गर्ने धारणा व्यक्त गरे ।
उनले एमालेसँगको एकताको विषयलाई लिएर हुने गरेको टीकाटिप्पणी गलत रहेका बताए । एमाले र एकीकृत समाजवादीको कार्यदिशा नमिल्ने भएकाले एकता सम्भव नरहेको उनको भनाई छ ।
एकीकृत समाजवादी हेटौंडाको अधिवेशन शनिबार
नेकपा एकीकृत समाजवादीको हेटौंडा उपमहानगरपालिकाको अधिवेशन शनिबार हुँदैछ । शनिबार बिहान ८ बजेदेखि सुरु हुने प्रथम नगर अधिवेशनको तयारी पुरा भएको एकीकृत समाजवादीको हेटौंडाले जनाएको छ ।
हेटौंडा–२ स्थित पल्पसा सदनमा हुने नगर सम्मेलनको उद्घाटन एकीकृत समाजवादी पार्टीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले गर्ने कार्यक्रम रहेको छ ।
एकीकृत समाजवादी हेटौंडा कमिटीका सचिव सफल अधिकारीका अनुसार अधिवेशनमा हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा कमिटीको सहभागिता रहने छ । अधिवेशनमा १९ वडाका २ सय ३० जना प्रतिनिधि सहभागी रहने छन् । जसमा १६ जना दलित, ६६ जना महिला, ५ जना मुस्लिम, खुलातर्फ १२४ जनाको लगायत रहने अधिकारीको भनाई छ । अधिवेशनले विभिन्न क्लस्टरसहित नयाँ नेतृत्व चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण