स्वतन्त्रता दिवसमा ‘पुष्पा २’ र ‘वेदा’ भिड्दै
काठमाडौँ । साउथका सुपरस्टार अल्लू अर्जुनको फिल्म ‘पुष्पा’ सन् २०२१ मा रिलिज भएको थियो । यो फिल्मले कमाईको सारा रेकर्ड तोड्यो । यो फिल्मका दर्शकहरू यसको सिक्वेलको व्यग्र प्रतीक्षामा छन् ।
अल्लू, रश्मिका मन्दाना र फहाद फाजिल स्टारर फिल्मको सिक्वेल ‘पुष्पा २’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदै छ । यही मितिमा अभिनेता जोन अब्राहमको फिल्म ‘वेदा’ पनि रिलिज हुँदै छ ।
बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत अगस्ट १५ का दिन अल्लूको ‘पुष्पा २’ र जोनको ‘वेदा’ रिलिज हुने जानकारी दिएका छन् । ‘जोन अब्राहम, निखिल आडवाणी र जी स्टुडियोको फिल्म ‘वेदा’ अगस्ट १५ को स्वतन्त्रता दिवसको दिन ठुलो पर्दामा रिलज हुनेछ । ‘बाटला हाउस’ र ‘सत्यमेव ज्यते’पछि जोन अब्राहम र निखिल आडवाणीको यो तेस्रो फिल्म हो । जुन फिल्म स्वतन्त्रता दिवसको अवसर पारेर रिलिज हुँदै छ’, तरणले ट्वीट गरेका छन् । यो फिल्ममा शर्वरी, अभिषेक बेनर्जी र तमन्ना भाटियाको पनि अभिनय छ ।
स्वतन्त्रता दिवसकै दिन रिलिज हुने ‘पुष्पा २’ सँग ‘वेदा’को भिडन्त कस्तो होला भनेर दर्शकहरू उत्साहित छन् । अधिकांशले ‘पुष्पा’को सफलतापछि ‘पुष्पा २’ले नयाँ सफलताको बाटो कोर्ने अनुमान लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण