मोदी ३.० : नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी
नयाँ दिल्ली । नरेन्द्र मोदीले आज लगातार तेस्रोपटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । उनले आज साँझ ७ः३० बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ ।
शपथ ग्रहण गर्दै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए । तर, नेहरू सरकारसँग पूर्ण बहुमत थियो।
मोदीको तेस्रो इनिङ्स भने गठबन्धनको आधारमा चल्नेछ । भारत सन् १९९० को दशकदेखि गठबन्धनको राजनीति चलिरहेको थियो । मोदीको नेतृत्वमा बीजेपीले यो प्रवृत्ति सन् २०१४ र २०१९ मा पूर्ण बहुमत हासिल गरेर तोडेको थियो। यद्यपि, सन् २०२४ मा बीजेपी २४० सिटमा सीमित भयो । बहुमतका लागि उसलाई आफ्ना सहयोगी दलहरू आवश्यक पर्यो ।
जुन ७ मा संसद्को सेन्ट्रल हलमा भएको बैठकमा एनडीए नेताहरूले मोदीलाई सर्वसम्मतिले आफ्नो नेता चयन गरेका थिए । अब शपथको पर्खाइ छ । मोदीसँगै ४० सांसदले मन्त्रीको रूपमा शपथ लिन सक्नेछन् । यसमा एनडीएका १४ सहयोगी दलहरूका १८ सांसदहरू समावेश हुन सक्छन् । टीडीपी र जेडीयूबाट २–२ र शिवसेनाबाट एक जना क्याबिनेट मन्त्री बन्न सक्नेछन्।
सन् २०१४ मा मोदीको पहिलो क्याबिनेटमा ४६ मन्त्री थिए । जसमध्ये २४ जना क्याबिनेट मन्त्री, १० स्वतन्त्र राज्यमन्त्री र १२ राज्यमन्त्री थिए । सन् २०१९ मा मोदीसँगै ५८ मन्त्रीले शपथ लिएका थिए । दुवै कार्यकालमा मन्त्रिपरिषद् विस्तार भएपछि मन्त्रीको सङ्ख्या क्रमशः ७१ र ७२ पुगेको थियो ।
संविधानको धारा ७५ अनुसार मन्त्रिपरिषद्मा मन्त्रीहरूको सङ्ख्या लोकसभाको कुल सदस्य सङ्ख्या (५४३) को १५ प्रतिशत अर्थात् ८१ जनाभन्दा बढी हुन सक्दैन। मोदीले सम्भावित मन्त्रीहरूलाई फोन गर्न थालेको बताइएको छ । शपथअघि प्रधानमन्त्री मोदीले सबै मन्त्रीहरूसँग चियापानमा छलफल गर्नेछन् ।
यसअघि आज बिहान मोदी महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको समाधिस्थल पुगेका थिए । त्यसपछि उनले युद्ध स्मारकमा पुगेर शहीदलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
शपथग्रहण समारोहमा नेपालसहित चीन, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, सेशेल्स, मौरिसस र भुटानका शीर्ष नेतृत्वको सहभागिता रहनेछ । यसमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो भारत जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण