थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै ४५ लाख ठगी
आइतबार, २७ जेठ २०८१, २१ : ५५
काठमाडौँ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका-४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जुवा तथा सट्टेबाजी सम्बन्धी कसुरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भन्दै उनको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात् काठमाडौँ उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको बताइएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण