थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै ४५ लाख ठगी
आइतबार, २७ जेठ २०८१, २१ : ५५

काठमाडौँ । थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनि ४५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने सर्लाही मलंगवा नगरपालिका-४ घर भएका ४५ वर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जुवा तथा सट्टेबाजी सम्बन्धी कसुरमा थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भन्दै उनको आफन्तहरूबाट नगद र चेकमार्फत उक्त रकम ठगी गरेको खुल्न आएपश्चात् काठमाडौँ उपत्यका प्रहरी कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर धापाखेलबाट पक्राउ गरेको बताइएको छ । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता
-
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष पक्राउ
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य