श्रद्धालु बोकेको बसमा आक्रमण, ९ जनाको मृत्यु
आइतबार, २७ जेठ २०८१, २२ : २५
जम्मू । जम्मू कश्मीरको रियासीमा चरमपन्थीहरुले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन् । यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
रियासीकी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग कुरा गर्दै भनिन्, ‘शिवखोरीबाट कटरातर्फ गइरहेको बसमा आतङ्ककारीहरूले आक्रमण गरी गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ आक्रमणका कारण चालकले सन्तुलन गुमाएर बस खाल्डोमा खसेको थियो। उद्धार कार्य पूरा भइसकेको छ।
‘अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। ३३ जना घाइते भएका छन्,’ उनले भनिन्, "प्रारम्भिक जानकारीमा उत्तर प्रदेशका मानिसहरू बसमा यात्रा गरिरहेको खुलेको छ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण