प्रदेशमा केन्द्रका प्रभाव रोक्न मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन्छौँ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशसभा संसदीय दलका नेता पञ्चराम गुरुङले प्रदेश सरकार निर्माण केन्द्रको प्रभाव देखिन नहुने बताएका छन् ।
सोमबार गण्डकीका मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा बोल्दै सरकार बनाउन प्रदेश स्वायत्त हुनुपर्ने बताए । ‘प्रदेशमा सरकार निर्माण गर्दा केन्द्रको प्रभाव पर्ने छैन भन्ने तथ्य स्थापित गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र सरकारको विपक्षमा अहिलेको मुख्यमन्त्रीलाई समर्थन गर्न चाहन्छौँ ,’ उनले भने ।
केन्द्रमा माओवादी केन्द्रको नेतृत्वमा एमालेसहितको गठबन्धनको सरकार छ । राप्रपाले केन्द्रको उक्त गठबन्धनको विपक्षमा आफूलाई उभ्याएको छ । यसअघि एमालेका खगराज अधिकार नेतृत्वको सरकारले लिएको विश्वासको मत सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।
राप्रपाले साथ नदिँदा गण्डकीमा अधिकारीले बहुमत पुराउन सभामुखलाई समेत जोडेर विश्वासको मत लिएका थिए । अधिकारको सरकार सर्वोच्चको परमादेशले बर्खास्त भएपछि संविधानको धारा १६८ को ३ अनुसार ठुलो दलको हैसियतमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बनेका छन् । केन्द्रमा कांग्रेस नेतृत्वको विपक्षमा मोर्चामा रहेको राप्रपाले गण्डकीमा कांग्रेसलाई सहयोग गरेको छ ।
प्रदेश सरकारले ल्याउने आगामी बजेटमा विकास खर्च बढी र चालु खर्च कम हुनुपर्ने पनि उनको भनाइ छ । गण्डकी प्रदेशका जनतालाई केन्द्रमा राखेर दल भन्दामाथि उठेर समृद्ध प्रदेश बनाउन उनले मुख्यमन्त्रीलाई शुभकामना दिए ।
प्रदेशको भविष्यबारे छलफल गर्नुपर्ने बेला मुख्यमन्त्रीले विश्वासको मत माग्नुपर्ने परिस्थिति आउनु दुःखद भएको गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश
-
जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव
-
जयपुरस्थित क्रिकेट स्टेडियमलाई बमले उडाउने धम्की