प्रदेश
नेसपा नेता देवकोटालाई लक्षित गर्दै एमालेले भन्यो– दलको ह्विप नमाने प्रतिवाद गरिन्छ
सोमबार, २८ जेठ २०८१, १६ : १०
१
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले कसैले फ्लोर क्रस गरे प्रतिवाद गर्ने बताएका छन् । गण्डकी प्रदेश सभामा सम्बोधन गर्दै उनले माओवादी सांसद तथा नेपाल समाजवादी पार्टी (नेसपा) नेता फडिण्द्र देवकोटाप्रति लक्षित गर्दै ह्विप मान्नुपर्ने बताए ।
‘दल एउटा, भोट अर्को ठाउँमा जान्छ भने स्वाभाविक मानिँदैन । हाकाहाकी यस्तो भनेको सुनियो,’ उनले भने, ‘त्यसलाई राजनीतिक रुपमा प्रतिवाद गरिन्छ । कुना कोठामा बसेर गरेका निर्णय अनुमोदन गर्ने ठाउँ संसद् होइन ।’
उनले गण्डकीमा त्यस्तो नहुने आसा गरेका छन् । ‘प्रष्ट भनेकै छ, दलको ह्विप मान्ने कुरा । त्यस्तो रूप यहाँ देखिँदैन भन्नेमा आसावादी छु,’ उनले भने । उनले आफूले विश्वासको मत यसअघि नै पाएपनि त्यसलाई अदालतले खारेज गरेकोमा गुनासो गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण