बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर छुटेपछि पुरानै धन्दा
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–७ बस्ने सम्बरबहादुर तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का स्थानीय हुन् । ३९ वर्षका उनी दुई महिनाअघि मात्रै जेलबाट छुटेका हुन् । मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर थुनामुक्त हुनासाथ उनले फेरी मानव बेचबिखन धन्दा सुरु गरेको भेटिएको छ ।
पोखरामा आफ्नो होटल रहेको र त्यहाँ मासिक २० हजार तलबको काम दिन्छु भनेर उनले १४ वर्षीय किशोरीलाई ललितपुरको चापागाउँ, हेटौँडा र वीरगन्ज हुँदै रक्सौल नाकाबाट भारत लैजान लागेका हुन् । तर, चापागाउँमा बास बसेको घरबाट उनको योजना बाहिरिएको छ । चेक प्वाइन्टमा किशोरीलाई उनले ‘बिना तामाङ’ को नामको नागरिकता देखाउन भनेपछि उनको गलत प्रयासबारे मानव बेचबिखन ब्युरोका अनुसन्धान अधिकृतहरूले थाहा पाए ।
तारकेश्वर नगरपालिका–७ फुटुङबाट किशोरीलाई चापागाउँस्थित सुनाकोठीबाट मकवानपुरतर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको ब्युरोका सूचना अधिकारी (एसपी) ज्ञानेन्द्र फुयालले बताए । किशोरीलाई सम्बरको सम्पर्कमा लैजाने नुवाकोट तादी गाउँपालिका घर भएर टोखामा बस्ने इन्दिरा कटुवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका पीडितलाई सम्बरले विश्वासमा पारेर भारतमा लैजाने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भारतमा वेश्यालय सञ्चालन गर्ने एकजना महिलासँग सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्बरको नियमित कुरा हुने गरेको एसपी फुयालले जानकारी दिए । सम्बरको साथबाट प्रहरीले दिनेश थकुरा तामाङको नाममा रहेको भारतीय आधार कार्ड, भारतीय रुपैयाँ र बिना तामाङको नामको नेपाली नागरिकता बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण