सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
प्रदेश

फणीन्द्र र मनाङे मन्त्री बन्दै, मंगलबार शपथ हुने

सोमबार, २८ जेठ २०८१, १८ : ४०
सोमबार, २८ जेठ २०८१

पोखरा । पार्टी ह्विप विरुद्ध फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्दैछन् । उनीहरूलाई मंगलबार शपथ गराउने तयारी गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । 

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र माओवादीबाट चुनाव लडेका नेपाल समाजवादी पार्टी (नेसपा) सांसद फणीन्द्र देवकोटाले मत दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप