प्रियंकाले सुनाइन् आमा बनेपछिको अभिनय अनुभव
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म नआएको धेरै भयो । आमा बनेपछि उनले ठुलो पर्दामा काम गरेकी छैनन् । तर सानोपर्दाको म्युजिक भिडियो र वेब सिरिजमा भने उनी काम गर्दै आएकी छन् ।
यस्तैमा उनले आमा बनेपछि काम गरेको वेब सिरिज ‘साहु बा’ साउनबाट प्रसारणमा आउने भएको छ । जसको छायांकन तीन वर्ष पहिलादेखि सुरु भएको थियो । त्यतिबेला प्रियंकाले छोरीलाई जन्म दिएको ७ महिना मात्रै भएको थियो । त्यसैले यो सिरिज छायांकनको उनीसँग सुखद भन्दा पनि दुखद अनुभव बढी छ । जसको केही उनले सोमबार आयोजित टिजर सार्वजनिक कार्यक्रममा राखेकी छन् ।
‘म त यसमा काम गर्न सक्छु भनेर जोडिएको थिएँ । तर शरीर कमजोर हुने रहेछ । छिटो गलिने रहेछ’, उनले भनिन् ‘सुरुमा अनुबन्ध हुँदा मेरो तौल ८८ केजी थियो, अन्त्यतिर म ६० केजी पुगेँ ।’
सिरियलको एकपछि अर्काे भागमा आफूलाई पातलो देख्न सकिने उनको भनाइ छ । थपिन्, ‘सुत्केरीपछि तौल घटाउने क्रममा सिरिज काम गरेको थिए । निर्देशक सुजोय योङले हरेक पटक फेरि दब्लो भन्थे ।’
‘एक्सन क्राइम’ जनरमा बनेको सिरिजमा प्रियंकाको अलवा सरिता गिरी, नम्रता श्रेष्ठ, कविता नेपाललगायत ३५० बढी कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण