भारत–पाकिस्तान खेल हेर्न अमेरिका पुगेको मुम्बई क्रिकेटका अध्यक्षको हृदयाघातका कारण निधन
काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा भारत र पाकिस्तानबिचको खेल हेर्न अमेरिका पुगेका मुम्बई क्रिकेट एसोसिएसनका मानार्थ अध्यक्ष अमोल कालेको हृदयाघातका कारण निधन भएको छ ।
४७ वर्षीय कालेको हृदयाघातका कारण सोमबार राति अमेरिकाको न्यु योर्कमा निधन भएको समाचारमा जनाइएको छ । उनी जुन नौ तारिखमा खेलिएको भारत र पाकिस्तानबिचको खेल हेर्न रङ्गशाला पनि पुगेका थिए ।
न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको त्यो खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको थियो । काले मुम्बई क्रिकेट एसोसिएसनका सचिव अजिनक्या नायक र अर्का साथी सुरज समतसँगै खेल हेर्न रङ्गशाला पुगेका थिए ।
अमोल काले सन् २०२२ को अक्टोबरमा मुम्बई क्रिकेट एसोसिएसनको अध्यक्ष बनेका थिए । उनले अध्यक्ष पदका लागि भएको निर्वाचनमा चर्चित क्रिकेटर सन्दीप पाटिललाई हराएका थिए । पाटिल भारतलाई सन् १९८३ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जिताउने टोलीका खेलाडी हुन् ।
अमोल कालेकै सक्रियतामा मुम्बई क्रिकेट एसोसिएसनले रणजी ट्रफी र अन्य घरेलु प्रतियोगिता खेल्ने आफ्ना खेलाडीको पारिश्रमिक र म्याच फि दोब्बर बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण