उद्धार गरिएको चित्तलको बच्चा बाँकेकाे वन कार्यालयमा
बाँके । यही जेठ ११ गते वैजनाथ गाउँपालिका वडा नं २ मकैबारीस्थित शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको सहयोगमा उद्धार गरिएको चित्तलको बच्चालाई सशस्त्र वन रक्षकको निगरानीमा राखिएको छ ।
चित्तलको बच्चालाई मकैबारी गाउँबाट कोहलपुर सव–डिभिजन वन कार्यालयका कर्मचारी र शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह प्रतिनिधिको संयुक्त सहकार्यमा उद्धार गरिएको थियो ।
सहायक वन अधिकृत नवराज शाहीका अनुसार उद्धार गर्दा उक्त चित्तलको बच्चा अन्दाजी डेढ महिनाको थियो । बाटो बिर्सिएर सामुदायिक वन क्षेत्रबाट गाउँमा पसेको बच्चालाई वन कार्यालयका कर्मचारीले उद्धार गरेका थिए । उक्त चित्तलको बच्चाले दिनमा दुईदेखि तीन लिटरसम्म दूध खाने गर्दछ ।
खानाको परिमाण दिनानुदिन बढेको हुँदा उसले खाने दूधको मात्रा पनि बढिरहेको सहायक वन अधिकृत शाहीले बताए । “यो मान्छेसँगै हिँडडुल गर्ने बानी परिसकेको छ, यसलाई पुनः निकुञ्जमा छाड्दा गाउँबस्तीमा आउने र मान्छेको पछि लागेर जानसक्ने सम्भावना रहन्छ”, उनले भने, “मान्छेसँग पछि लागेर जाँदा यसलाई खतरा हुनसक्छ । त्यसैले यसको सुरक्षा र संरक्षणका लागि यही नै राख्नुपर्ने देखिन्छ ।”
डिभिजन वन कार्यालयअन्तर्गतको सशस्त्र वनसुरक्षा शाखाको प्रत्यक्ष हेरचाहमा रहेको चित्तलको बच्चालाई दैनिक खाना खुवाउने, डुलाउने र हेरचाह सोही शाखाले गर्दै आएको छ ।
बिहान र बेलुका गरी दिनमा दुई पटक उक्त चित्तलको बच्चालाई चरिचरणका लागि केजबाट बाहिर निकाल्ने गरिन्छ भने बाँकी समय केजमै राख्ने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण