सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि
मङ्गलबार, २९ जेठ २०८१, १६ : ००
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महँगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरूको तलबभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।
सरकारले बजेट ल्याउन शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको संगठनका महासचिव हंसबहादुर शाहीले बताए । उनले विद्यार्थीको अनुपातलाई हेरेर शिक्षकहरूको दरबन्दीको व्यवस्था गर्ने कार्यक्रम समेत बजेटले नल्याएकोमा आपत्ति जनाए ।
संगठनले शिक्षामा कम्तीमा २० प्रतिशत बजेट व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो । तर आगामी आर्थिक वर्षको विनियोजित बजेटमा १० दशमलव ९४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाइएकोमा आफूहरूको आपत्ति रहेको संगठनका महासचिव शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण