नेकपा एसभित्र वैचारिक मतभेद छैन : राजेन्द्र पाण्डे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र वैचारिक मतभेद नभएको दाबी गरेका छन् । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उनको तर्क थियो ।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले ‘अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच वैचारिक मतभेद रहेको छ नि ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा उपाध्यक्ष पाण्डेले भने, ‘पार्टी भित्र वैचारिक मतभेद छ भन्ने कुरा भन्ने कुरा मात्रै हो जस्तो लाग्छ । किनभने वैचारिक मतभेद भए त दुई वटा दस्ताबेज छुट्टै बन्थ्यो होला नि । दस्ताबेज एउटै बनेको छ, त्यसैले वैचारिक मतभेद कहाँ छ भन्ने ?’
फरक प्रसङ्गमा उपाध्यक्ष पाण्डेले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘सरकारले राजदूत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वाभाविक कुरा हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण