वैशाखमा ५४ खर्बभन्दा बढी डिजिटल भुक्तानीको कारोबार, कुन साधनबाट कति भयो ?
काठमाडौँ । चालु आर्थिक वर्षको वैशाख महिनामा ५४ खर्ब भन्दा बढी डिजिटल भुक्तानीको कारोबार भएको छ । खासगरी बढ्दो मोबाइल बैंकिङको प्रयोग, विद्युतीय माध्यमबाट हुने इन्टरनेट बैंकिङ, विभिन्न वालेट सेवा, क्यूआर, प्रिपेड तथा डेबिट/क्रेडिट कार्डमार्फत बढी भुक्तानी हुँदा यो महिना कूल ५४ खर्ब ४८ अर्ब ४५ करोड १० लाख रुपैयाँ बराबरको डिजिटल भुक्तानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकका अनुसार समीक्षा अवधिमा २ करोड ३७ लाख ९७ हजार मोबाइल बैंकिङ प्रयोगकर्ताहरूबाट ३ खर्ब २० अर्ब १९ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । अघिल्लो चैत महिना यस्तो कारोबार २ करोड ४० लाख प्रयोगकर्ताहरूबाट २ खर्ब ९८ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो महिना तुलनात्मक रूपमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या केही घटेको तर कारोबार भने बढेको देखिन्छ ।
यस्तै, समीक्षा अवधिमा १९ लाख ३८ हजार इन्टरनेट बैंकिङ सेवा प्रयोगकर्ताहरूले १२ अर्ब ७७ करोड रुपैयाँ, विभिन्न वालेट भुक्तानीका २ करोड २६ लाख प्रयोगकर्ताहरूबाट २८ अर्ब ४३ करोड रुपैयाँ र क्यूआर कोर्डमार्फत ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
यता डेबिट/केडिट कार्डबाट भने समीक्षा अवधिमा क्रमशः ९७ अर्ब १२ करोड रुपैयाँ र १ अर्ब ८९ करोड रुपैयाँ कारोबार भएको छ ।
सबैभन्दा धेरै कनेक्ट आईपीएसबाट ५ खर्ब २२ अर्ब ७० करोड रुपैयाँको भुक्तानी कारोबार भएको छ भने समीक्षा अवधिमा सबैभन्दा कम प्रिपेड कार्डमार्फत जम्मा ६५ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण