नार्कले कृषि अनुसन्धानमा राम्रो नतिजा दिन सकेन: मन्त्री साह
काठमाडौँ । कृषि तथा पशुपछी विकासमन्त्री ज्वाला कुमारी साहले कृषि क्षेत्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले राम्रो नतिजा दिन नसकेको गुनासो गरेकी छन् ।
नार्क अन्तर्गत राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रको ११ औँ राष्ट्रिय बागवानी कार्यशाला गोष्ठीमा मन्त्री साहले कृषि क्षेत्रमा नार्कका वैज्ञानिकले रिजल्ट आउने गरी काम नगरेको गुनासो गरेकी हुन् ।
‘नार्कका वैज्ञानिक साथीहरूले रिजल्ट आउने गरी काम गर्नुपर्यो,’ उनले भनिन्, ‘छोटो समयावधिका लागि कार्ययोजना बनाएर ३ महिना वा ६ महिनामा रिजल्ट दिन्छु भनेर लाग्नु पर्यो ।’
यस्तै मन्त्री साहले कृषि क्षेत्रमा कार्यरत कर्मचारी समान रूपले वैदेशिक भ्रमणमा जान मिल्ने गरी मापदण्ड बनाउने बताइन् । ‘मापदण्ड बनाएर सबै कर्मचारीलाई समान तरिकाले विदेश जाने परिपाटि ल्याउनु पर्छ,’ उनले भनिन्, ‘वैदेशिक भ्रमणमा कति गएका छन्, एक जना कति पटक गएका छन्, नियाल्न पाउनुपर्छ ।’
एकै कर्मचारी पटक–पटक वैदेशिक भ्रमण जाने तर अरूले अवसर नपाउने भन्दै मन्त्री साहले अन्य कर्मचारी अवसर नपाउने तर्क गरिन् । ‘वैदेशिक भ्रमणमा अरू कर्मचारीलाई समान भएको छ की छैन ?’ उनले प्रश्न गरिन् ।
यस्तै, मन्त्रालयले कर्मचारी सरुवा गरेको विषयमा उनले जानकार व्यक्तिलाई आवश्यक परेको ठाउँमा पठाउन पाउनु पर्ने दाबी गरिन् । ‘जानकार मान्छे आवश्यक परेको ठाउँमा जाँदै नजाने, ’ उनले भनिन्, ‘वर्षौँदेखि एकै ठाउँमा बसेको कर्मचारीलाई हटाउन नमिल्ने यस्तो पनि परिपाटी हुन्छ ?’
साहले कृषि बीमा कम्पनीले अनुगमन नगरी कृषि बीमा गर्ने गरेको पनि बताएकी छन् । ‘कम्पनीले बीमाको रकम मात्रै लिएर भएन उसको अनुगमन पनि गर्नु पर्छ’, उनले भनिन्, ‘बीमा मात्रै गर्ने गरेको छ, की खेतमै गएर, किसानको समस्या बुझेर बीमा गरेको छ । त्यो विषय बीमा कम्पनी बुझ्नु पर्दैन ।’
मन्त्री साहले बाली र पशुको बीमा ३ अर्ब रकम भुक्तानी दिनुपर्ने अवस्था रहेको बताएकी छन् ।
राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रले बागवानी क्षेत्रमा नीतिगत योजना बनाउनका लागि दुई दिने गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा ५५ वटा कार्यपत्र र ३० बढी कृषिसँग सम्बन्धित निजी तथा सरकारी कार्यालय सहभागी छन् । यो गोष्ठी भोलिसम्म जारी रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण