पछाडि सर्यो पुष्पा २ को रिलिज डेट
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमा जगतका सुपरस्टार अल्लु अर्जुनको बहुप्रतीक्षित फिल्म पुष्पा २ अगस्ट १५ मा रिलिज हुनेवाला थियो । तर अहिले भने फिल्मको रिलिज डेट पछाडि धकेलिएको खबर आइरहेको छ ।
यसको आधिकारिक घोषणा भइसकेको छैन । निर्माताहरुले यति बेला कयौँ चुनौती रहेको बताएको र यसका कारण ‘पुष्पा २’ को रिलिज मिति धकेलिन सक्ने बताइएको छ । फिल्मको छायांकन र क्रिएटिभका केही काम बाँकी रहेको र ती काम सक्न अझै एक महिना लाग्न सक्ने बताइएको छ ।
फिल्म ‘पुष्पा २ः द रुल’ सन् २०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’को सिक्वेल हो । फ्यानहरू यतिबेला फिल्मको अर्को भागको व्यग्र प्रतीक्षामा छन् । अब यो प्रतीक्षा अझै लम्बिन सक्ने बताइएको छ । फिल्मका निर्देशक सुकुमार फिल्ममा गरिएको भीएफएक्सको कामबाट पनि सन्तुष्ट छैनन् । यसका कारण पनि फिल्म रिलिजमा बढी समय लाग्ने भएको हो ।
रिपोर्टका अनुसार निर्माताहरूले डेडलाइन अनुसार नै अगाडि बढिरहेका छन् । सकेसम्म चाँडो काम पूरा गर्ने प्रयास गरिरहेका छन् । यदि यी काममा कुनै पनि समस्या आयो भने फिल्म १५ अगस्टसम्म रिलिज हुने छैन ।
‘पुष्पा’ रिलिज हुनुअघि पनि धेरै समस्या आएका थिए । तर सो फिल्म तय भएकै दिनमा रिलिज भयो । पुष्पा २ अगस्ट १५ मा रिलिज हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ ।
‘पुष्पा २’को बजेट ५ सय करोड भारु रहेको बताइएको छ । फिल्म निर्माणमा निर्देशक कुनै जोखिम मोल्न चाहँदैनन् । फिल्मलाई हरेक हिसाबले उनले उत्कृष्ट बनाउन खोजेका छन् । फिल्मप्रति निर्देशक पूर्ण रूपमा सन्तुष्ट नभएसम्म फिल्म रिलिज हुने सम्भावना कम छ ।
पुष्पामा अल्लु अर्जुनबाहेक रश्मिका मन्दना फहद फासिल, सुनिल, जगदीश प्रताप भन्डारी, अनुसुया भारद्वाजलगायत कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण