नेपाली फुटबल टोली स्वदेश फिर्ता
काठमाडौँ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली आज(बिहीबार) स्वदेश फिर्ता भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए ।
उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठुलो उपलब्धि हो । हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्यौँ । हाम्रो नयाँ टिम हो । म मेरो टिमप्रति गर्व गर्छु । हामी अझै धेरै अगाडि जानु छ । हाम्रो टिममा धेरै युवाहरू छन्, उनीहरूले देशको लागि अझै गर्नुछ ।’
नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए । साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए ।
अघिल्ला पाँच खेलमा जित र गोलविहीन खेलेको नेपालले हिजो अन्तिम खेलमा यमनसँग बराबरी खेलेको थियो । खेल साउदी अरबको दम्माम सहरस्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण