बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मुम्बईमा नेपाल र भारतका सेन्सर बोर्ड अधिकारीको संयुक्त बैठक

बिहीबार, ३१ जेठ २०८१, २१ : ०६
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । नेपाल र भारतका फिल्म उद्योगका सेन्सर बोर्डका अधिकारी मुम्बईमा भेला भएका छन् । दुवै देशका फिल्म दुवै देशमा प्रदर्शन सहजीकरण गर्ने उद्देश्यले उनीहरु भेला भएका हुन् ।

बुधबारबाट सुरु भएको बैठक १ असारसम्म चल्नेछ । बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर, सदस्य ऋषिराज आचार्य लगायत सहभागी छन् । भारतीय टोलीमा त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीसहित केही व्यक्ति छन् ।

भारतीय सेन्सर बोर्डको निम्तोमा मुम्बईमा छलफल सुरु भएको सेन्सर सदस्य ऋषिराज आचार्यले बताए । बैठकमा दुवै देशमा दुवै देशका फिल्मको प्रदर्शन प्रक्रिया, भारतमा नेपाली फिल्मको सेन्सर प्रक्रिया, कर नीति लगायतबारे  छलफल हुने आचार्यको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप