मुम्बईमा नेपाल र भारतका सेन्सर बोर्ड अधिकारीको संयुक्त बैठक
बिहीबार, ३१ जेठ २०८१, २१ : ०६
काठमाडौँ । नेपाल र भारतका फिल्म उद्योगका सेन्सर बोर्डका अधिकारी मुम्बईमा भेला भएका छन् । दुवै देशका फिल्म दुवै देशमा प्रदर्शन सहजीकरण गर्ने उद्देश्यले उनीहरु भेला भएका हुन् ।
बुधबारबाट सुरु भएको बैठक १ असारसम्म चल्नेछ । बैठकमा नेपालबाट चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्ड अध्यक्ष गजेन्द्रकुमार ठाकुर, सदस्य ऋषिराज आचार्य लगायत सहभागी छन् । भारतीय टोलीमा त्यहाँको केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डका अध्यक्ष प्रसुन जोशीसहित केही व्यक्ति छन् ।
भारतीय सेन्सर बोर्डको निम्तोमा मुम्बईमा छलफल सुरु भएको सेन्सर सदस्य ऋषिराज आचार्यले बताए । बैठकमा दुवै देशमा दुवै देशका फिल्मको प्रदर्शन प्रक्रिया, भारतमा नेपाली फिल्मको सेन्सर प्रक्रिया, कर नीति लगायतबारे छलफल हुने आचार्यको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण