रुसको सम्पत्तिबाट युक्रेनले पाउने भयो ५० अर्ब डलर कर्जा
रोम । युक्रेनलाई ५० अर्ब डलर ऋण जुटाउन जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्न जी–सेभेनले सहमति गरेको छ । यो पैसाको प्रयोग युक्रेन रुस युद्धमा हुने छ । यो रुसको लागि ‘हामीहरू पछाडि हटिरहेका छैनौँ’ भन्ने अर्को चेतावनी हुने अमेरिकी राष्ट्रपति बाइडेनको भनाइ छ ।
यो सम्झौताको नतिजा निकै पीडादायक हुनेछ भनेर रुसले भने चेतावनी दिएको छ । यो वर्षको अन्त्यसम्ममा पैसा आउने आशा छैन । तर यसलाई युक्रेनको रुस विरुद्धको युद्धको तयारी गर्न र त्यहाँको अर्थतन्त्रलाई टेवा दिन दीर्घकालीन समाधानका रूपमा हेरिएको छ ।
इटलीमा जारी जी–७ को शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र अमेरिकाबिच १० वर्षका लागि द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । सम्झौतामा युक्रेनलाई अमेरिकी सैन्य र तालिम सहयोग गर्ने कुरा गरिएको छ । तर यसमा युक्रेनमा युद्ध लड्नका लागि आफ्नो सेना पठाउन अमेरिका बाध्य रहेको भनेर भनिएको छैन ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि हमला गरेयता युरोपेली सङ्घसमेत जी–७ले रुसको करिब ३ खर्ब २५ अर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिदिएका थिए । यो सम्पत्तिले बर्सेनि तीन अर्ब डलर ब्याज पनि कमाइरहेको छ । यो रकम युक्रेनका लागि अन्तर्राष्ट्रिय बजारबाट लिइएको ५० अर्ब डलर ऋणको वार्षिक ब्याज भुक्तानीमा प्रयोग गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण