बस स्टपमा भेटिएको यो पेन्टिङ ४ अर्ब २८ करोड ७७ लाख रुपैयाँमा बिक्दै
लन्डन । माथि देख्नु भएको चित्र आगामी जुलाईमा लिलामीमा बिक्दै छ । लिलामीमा यो चित्र ४ अर्ब २८ करोड ७७ लाख नेपाली रुपैयाँ अर्थात् ३ करोड २० लाख अमेरिकी डलरसम्ममा बिक्ने आशा गरिएको छ । दुई पटक चोरी भइसकेको यो चित्र इटलीका रिनेसा युगका चित्रकार टाइटनले बनाएका हुन् ।
द रेष्ट अन फ्लाइट इन्टू इजिप्ट शीर्षकको यो चित्रले लिलामीमा १ करोड ९० लाख अमेरिकी देखि ३ करोड ३० अमेरिकी लाख डलरसम्म पाउने आशा गरिएको एक विज्ञप्तिमा लिलामी घरले बताएको छ । यो भित्रमा जिजस क्राइष्ट, मेरी र जोसेफ छन् । यहुदीका राजाले बालक जिससलाई मार्न खोजेको थाहा पाएपछि तीनै जना इजिप्ट जाँदै गर्दाको चित्र हो यो ।
टाइटानको वास्तविक नाम तिसियानो भिचेलियो हो । उनले १६ औँ शताब्दीको पहिलो दशकमा आफ्नो करियरको शुरुआतमा यो चित्र बनाएका थिए । टाइटानले आफ्नो जीवनको उत्तरार्द्धमा बनाएको अन्य तेल चित्रको तुलनामा यो सानो छ । यो चित्र दुई पटक चोरी भएको थियो । पछिल्लो पटक सन् १९९५ मा लङलिटबाट चोरिएको यो चित्र सात वर्षपछि लन्डनमा एउटा बस स्टपमा भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण