काठमाडौँ महानगरले हाडीगाँउ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हाँडीगाँउ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ । नगरसभाको आज बैठकमा महानगर प्रमुख बालेन शाहले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए ।
हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लाग आवश्यक परामर्श गर्ने नीति समेत महानगरले लिएको छ । त्यस्तैगरी विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थाका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए ।
साथै इन्द्र जात्रा, सेतो मच्छिन्दनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व तथा स्थानीय परिकारलाई संरक्षण र सम्बद्र्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरूलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उनको भनाइ छ ।
धूम्रपान र मद्यपानमा बन्देज
महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा महानगरभित्र धूम्रपान, मद्यपान र लागू औषध प्रयोगमा पूर्ण बन्देज लगाउने नीति लिने भएको छ । साथै खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि उनले जानकारी दिए । महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने उनको भनाइ थियो । स्थानीय तहले प्रत्येक वर्ष असारभित्र १० गतेभित्र वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण