कामपाले तीनकुनेस्थित जग्गाको मुआब्जा वितरणको व्यवस्था गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा रहेको जग्गा अतिग्रहणका लागि नेपाल सरकार र कमपाको लागत साझेदारीमा मुआब्जा वितरण गर्ने जनाएको छ । कामपाका प्रमुख बालेन्द्र साह बालेनले आज बसेको नगरसभाको १५ औँ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१– ८२ को नीति कार्यक्रममा उक्त स्थानमा रहेको जग्गाको मुआब्जा वितरण गर्ने जानकारी दिएका हुन् ।
कामपा–३२ तीनकुनेमा रहेको जग्गाका लागि कामपाले आगामी बजेटमा बजेटको व्यवस्था गर्ने उनले बताए । त्यसैगरी, कामपा क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षणका लागि आवश्यक पहल गर्ने, खुला मञ्चलाई खुला व्यायाम र खेलकुदस्थलका रूपमा विकास गर्ने पनि कामपाले जनाएको छ ।
मातहतका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुलास्थानका रूपमा विकास गर्ने र महानगरलाई सूचना प्रविधि हबका रूपमा विकास गरिने कामपाको नीति छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची