अमेरिका सुपर ८ मा, पाकिस्तान बाहिरियो
काठमाडौँ । टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्डको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले एक–एक अङ्क पाएका छन् ।
यस्तो अवस्थामा समूह ‘ए’ बाट आयोजक अमेरिकी टोली सुपर–८ मा छनोट भएको छ भने २००९ को च्याम्पियन पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । सुपर ८ मा पुगेर अमेरिकाले सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा हुने टी-२० विश्वकपका लागि पनि छनोट भएको छ ।
खेल शुक्रबार राति ८ बजेबाट फ्लोरिडाको लडरहिलमा खेल्ने भनिएपनि खेलअघि नै पानी पर्न थाल्यो । केही बेर वर्षा रोकिएपछि अम्पायरले तीन पटक मैदानको निरीक्षण गरेका थिए । अन्ततः आउटफिल्ड भिजेको कारण खेल रद्द गर्ने निर्णय गरियो।
यो खेलबाट अमेरिकाले एक अङ्क जोड्दै टोलीको कुल ५ अङ्क भएको छ । योसँगै टोलीले सुपर–८ मा स्थान पक्का गरेको छ । किनभने, अब पाकिस्तानले अर्को खेल जितेर पनि ४ अङ्क मात्र पुर्याउन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण