बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिका सुपर ८ मा, पाकिस्तान बाहिरियो

शनिबार, ०१ असार २०८१, ०६ : ५४
शनिबार, ०१ असार २०८१

काठमाडौँ । टी–२० विश्वकपमा अमेरिका र आयरल्याण्डको खेल वर्षाका कारण रद्द भएको छ । दुवै टोलीले एक–एक अङ्क पाएका छन् । 

यस्तो अवस्थामा समूह ‘ए’ बाट आयोजक अमेरिकी टोली सुपर–८ मा छनोट भएको छ भने २००९ को च्याम्पियन पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ । सुपर ८ मा पुगेर अमेरिकाले सन् २०२६ मा भारत र श्रीलंकाको आयोजनामा ​​हुने टी-२० विश्वकपका लागि पनि छनोट भएको छ ।

खेल शुक्रबार राति ८ बजेबाट फ्लोरिडाको लडरहिलमा खेल्ने भनिएपनि खेलअघि नै पानी पर्न थाल्यो । केही बेर वर्षा रोकिएपछि अम्पायरले तीन पटक मैदानको निरीक्षण गरेका थिए । अन्ततः आउटफिल्ड भिजेको कारण खेल रद्द गर्ने निर्णय गरियो।

यो खेलबाट अमेरिकाले एक अङ्क जोड्दै टोलीको कुल ५ अङ्क भएको छ । योसँगै टोलीले सुपर–८ मा स्थान पक्का गरेको छ । किनभने, अब पाकिस्तानले अर्को खेल जितेर पनि ४ अङ्क मात्र पुर्‍याउन सक्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप