विरोधीहरूले केपी ओलीले ५ अर्ब खाइसक्यो, निलिसक्यो भनेर भ्रमको तुवाँलो फैलाइरहेछन् : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमालेप्रति जनताको आस्था, विश्वास कसरी घटाउन सकिन्छ भनेर भ्रमको तुवाँलो फैलाउने काम गरिरहेको बताएका छन् । शनिवार दिउँसो नयाँ बानेश्वरमा भएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादी शक्तिले अकल्पनीय कुराहरू आविष्कार गरेर दिनहुँ भ्रम फैलाउने काम गरेको बताए ।
अध्यक्ष ओलीले भने–‘प्रतिक्रियावादी शक्तिहरू जस्तो विचारशून्य, नीतिशून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर, ती थैलाहरू भर्नका लागि असभ्य, अमर्यादित, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने खालका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैनौँ ।’
उनले त्यस्ता भ्रमको खण्डन गर्न निर्देशन दिए । पार्टी विरुद्ध हमला अत्यन्तै तीव्र रहेको र दिनैपिच्छे नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरेर बजारमा फैलाइरहेको बताए ।
अध्यक्ष ओलीले भने–‘आज बिहान पनि मैले एउटा मिडियामा देखेको थिएँ, ५ अर्ब केपी ओलीले खाइसक्यो, निलिसक्यो कि, मुखमा मात्र हाल्न ठिक्क पारेको छ, ४ अरब कि ५ अरब केपी ओलीले खायो भनेर । हाम्रा विरोधीहरू, प्रतिक्रियावादीहरू जो देश अगाडि नबढोस् भन्ने चाहन्छन्, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन चाहन्छन् उनीहरूको अर्को कुनै उपाय छैन ।’
उनले अगाडि भने–‘भ्रमको जालो फिँजाइदिने, आस्था कसरी घटाउन सकिन्छ, जनताको विश्वास कसरी कमजोर बनाउन सकिन्छ, एमाले प्रतिको विश्वास कसरी घटाउन सकिन्छ ? त्यो भइरहेको छ । कतिपय मान्छे देश बुझ्दैनन्, भात मात्रै बुझ्छन् । भात भए देश जेसुकै होस भन्ने ठान्छन् । तिनीहरूमा सोच पुर्याउने काम पनि हाम्रो हो । देश भन्ने कुरा उनीहरूको दिमागमा राखिदिने काम पनि हामीले नै गर्नुपर्छ ।’
- बजेट प्रति असन्तुष्टि
अध्यक्ष ओलीले सरकारले संसद्मा आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि पनि असन्तुष्टि व्यक्त गरेका छन् । आफू सरकारमा भएको बेला गरिबी घटाएर १७ प्रतिशतमा झारेकोमा अहिले बढेर २० प्रतिशत पुगेको बताए ।
देश अझै गरिबीतिर जाँदै गरेको बताउँदै ५ वर्षभित्रमा दिगो विकासको लक्ष्य पूरा गर्न कठिन हुने बताए ।
उनले भने–‘हामी अल्पविकसितबाट विकसितमा जान प्रयास गरिरहेका छौँ । हामीले १७ मा झारेको गरिबी २० प्रतिशत माथि पो पुग्यो । पूर्वाधारको सही सदुपयोग गरिएन भने पूर्वाधार मात्र विकास होइन । त्यस पूर्वाधारलाई प्रयोग गरेर विकास अगाडि बढाउनुपर्छ ।’
उनले उद्यमशीलताको विकास गर्दै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए । त्यसका निम्ति प्रविधिको प्रयोग गर्नुपर्ने, नयाँ ढङ्गले सोच्न र अगाडिका लागि बजेट आवश्यक पर्ने तर बजेट भने पर्याप्त नभएको उल्लेख गरे ।
उनले भने–‘अगाडि बढ्ने बाटो भनेको बजेट हो । त्यसैले बजेटको सन्दर्भमा एक दुई जनाको मुख हेरेर कति ठिक कति बेठीक त्यसमा अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर अनि हामी सरकारमा छौँ भनेर, गरिबीतिर देश गए पनि के भयो र हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन गएको भने देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन हामी सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’
उनले एमालेले चलाइरहेको मन्त्रालयहरूको बजेटको स्थिति राम्रो नभएको र यस्ता विषयमा खुलेर छलफल गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण