संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन सकेन : प्रमुख सचेतक पाण्डे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संघीयता कार्यान्वयनमा ठिक ढंगले समन्वय हुन नसकेको बताएका छन् । आइतबार विनियोजन विधेयक, २०८१ को विभिन्न शिर्षकहरुमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय, अर्थ मन्त्रालयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज उठ्न थालेको भन्दै समयमा नै ध्यान केन्द्रित गर्न आग्रह गरे । उनले तीन करोडभन्दा मुनिका सबै योजना कार्यान्वयनको लागि प्रदेश र स्थानीय तहलाई जिम्मा दिन आग्रह गरे । उनले कर्मचारीहरुको वृत्ति विकास, तालिम र क्षमता वृद्धिमा देखिएका समस्या हल गर्न व्यापक छलफल गरी ठोस नीति र विध तय गर्न आग्रह गरे ।
पाण्डेले भने, ‘संघीयता कार्यान्वयनका लागि समन्वय, सहजीकरण र सहयोग गरौँ । अहिले वास्तवमा संघीयता कार्यान्वयनमा ठिक ढंगले हाम्रो समन्वय भइरहेको छैन । संघीय स्तर कार्यालय समन्वय नगरिरहेको अवाज आइरहेको छ । म यसतर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’
प्रमुख सचेतक पाण्डेले सिंचाई प्रणालीलाई पाइपमार्फत समेत अघि बढाउन र आधुनिक प्रविधि भित्र्याउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण