बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको शाखा स्थानान्तरण

आइतबार, ०२ असार २०८१, १५ : ३४
आइतबार, ०२ असार २०८१

काठमाडौँ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् हिमालयन बैंक लिमिटेडले त्रिपुरेश्वर शाखालाई थापाथलीमा स्थानान्तरण गरेको छ । आइतबारदेखि थापाथली शाखाको नामबाट सम्पूर्ण  बैंकिङ्क सेवा प्रदान गर्ने गरी बैंकले शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत शोक शमशेर राणाले बैंकका अन्य कर्मचारीहरूको उपस्थितिमा गरे । यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका वडा नं १ मेन रोड नारायणगढबाट आजैदेखि मेन रोड शाखा, नारायणगढको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप