बेलिङह्यामको प्रेरणामा इंग्ल्यान्ड विजयी
सोमबार, ०३ असार २०८१, ०६ : १९
काठमाडौँ । सर्बियालाई हराउँदै इंग्ल्यान्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इंग्ल्यान्ड १–० गोलले विजयी बन्यो ।
खेलमा जुड बेलिङह्यामले गरेको एक मात्र गोल निर्णायक बन्यो । २० वर्षीय खेलाडीले बुकायो साकाको पासमा १३ औँ मिनेटमा गोल गरेका थिए ।
इंग्ल्यान्ड समूह सीमा रहेको छ । जितसँगै टोली अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
यसअघि आइतबार राति भएको समूहको अन्य खेलमा डेनमार्क र स्लोभानियाले १–१ को बराबरी खेलेका थिए । क्रिस्टियन एरिक्सनले डेनमार्कलाई पहिलो हाफमा अग्रता दिलाए पनि ७७ औँ मिनेटमा एरिक जान्जाले स्लोभानियाका लागि बराबरी गोल फर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण