बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बेलिङह्यामको प्रेरणामा इंग्ल्यान्ड विजयी

सोमबार, ०३ असार २०८१, ०६ : १९
सोमबार, ०३ असार २०८१

काठमाडौँ । सर्बियालाई हराउँदै इंग्ल्यान्डले युरो २०२४ मा विजयी सुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा इंग्ल्यान्ड १–० गोलले विजयी बन्यो ।

खेलमा जुड बेलिङह्यामले गरेको एक मात्र गोल निर्णायक बन्यो । २० वर्षीय खेलाडीले बुकायो साकाको पासमा १३ औँ मिनेटमा गोल गरेका थिए ।

इंग्ल्यान्ड समूह सीमा रहेको छ । जितसँगै टोली अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।

यसअघि आइतबार राति भएको समूहको अन्य खेलमा डेनमार्क र स्लोभानियाले १–१ को बराबरी खेलेका थिए । क्रिस्टियन एरिक्सनले डेनमार्कलाई पहिलो हाफमा अग्रता दिलाए पनि ७७ औँ मिनेटमा एरिक जान्जाले स्लोभानियाका लागि बराबरी गोल फर्काएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप