विश्व बजारमा घट्यो तेलको भाउ
सिंगापुर । विश्व बजारमा कच्चा तेलको भाउ घटेको छ । अमेरिकामा उपभोक्ता माग कमजोर रहेको शुक्रबारको प्रतिवेदन र मे महिनामा चीनमा कच्चा तेलको उत्पादन बढेको आँकडाले सोमबार हप्ताको पहिलो दिनको कारोबारमा एसियाली बजारमा कच्चा तेलको भाउ घटेको हो । चीन विश्वको सबैभन्दा ठुलो कच्चा तेल आयातकर्ता देश हो ।
सोमबार बिहानी कारोबारमा एसियामा अगस्ट डेलिभरीको ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव ५ प्रतिशत अर्थात् ४० सेन्टले घटेर प्रतिब्यारेल ८२ डलर २२ सेन्टमा आएको थियो । जुलाई डेलिभरीको वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि सोही समयमा ३६ सेन्टको कमीसहित प्रतिब्यारेल ७८ डलर शून्य ९ सेन्टमा आएको थियो ।
शुक्रबार सार्वजनिक भएको सर्वेक्षणले अमेरिकामा जुन महिनामा उपभोक्ता मनोबल घटेर सात महिनाकै न्यून स्तरमा ओर्लिएको देखाएपछि तेल बजार दबाबमा आएको हो । घरपरिवारहरू आफ्नो निजी खर्च र महँगीबिच चिन्तित पाइएको थियो । मे महिनामा चीनमा १ करोड ८१ लाख ५० हजार टन कच्चा तेल उत्पादन भएको त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार जारी गरेको डेटाले देखाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ६ प्रतिशत बढी हो ।
तर गएको हप्ता भने कच्चा तेलको दुवै बेन्चमार्क झन्डै ४ प्रतिशतले बढेका थिए । यो साप्ताहिक वृद्धि अप्रिलयताकै धेरै थियो । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) र समूह बाहिरका अन्य मुख्य तेल उत्पादक देश एवम् अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले यस वर्ष तेलको माग मजबुत रहने प्रक्षेपण गरेपनि गएको हप्ता तेल बजारमा हरियाली छाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण