टी–२० विश्वकपमा टोलीको खराब प्रदर्शनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद
काठमाडौँ । टी–२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन् । साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन् ।
केन विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । २०२४ को टी–२० विश्वकपमा केन विलियम्सनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड टोलीको प्रदर्शन राम्रो रहेको थिएन । न्युजिल्याण्डको टोली सुपर–८ मा पुग्न नसकेर समूह चरणबाटै बिदा भएको थियो ।
वेस्ट इन्डिज र अफगानिस्तानसँग न्युजिल्यान्डले लज्जास्पद हार बेहोरेपछि टी–२० विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । यही कारण केन विलियम्सनले न्यूजिल्याण्डको कप्तानीबाट राजीनामा दिएका हुन् । केन विलियम्सनले आफूले विदेशी टी–२० लिगमा खेल्नुपर्ने भएकाले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण