३३६ बुँदे ललितपुर महानगरको नीति कार्यक्रममा के छ ? (पूर्णपाठ)
बुधबार, ०५ असार २०८१, १७ : ५२

काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बुधवार सार्वजनिक गरेको छ ।
मेयर चिरीबाबु महर्जनले पाँचौँ नगर सभामा आगामी आवको ३३६ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
मेयर महर्जनले कार्यक्रम प्रस्तुत गर्दै नीति तथा कार्यक्रममा २१ वटा सुविधा सहितको ‘एलएमसी अलर्ट एप्स’ सञ्चालनका साथै ‘सुन्दर ललितपुर नगरी : घरघरमा नगर प्रहरी’ परिचालन गरी नगरवासीको गुनासो व्यवस्थापन गरिएको जानकारी दिए ।
साथै उनले यसबाट हाल गुनासोको मात्रा धेरै हदसम्म घट्नुका साथै यसरी गरिएको परिचालनबाट राजस्व सङ्कलनमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको सुनाए ।