संसद्का कर्मचारीको आन्दोलनबारे अर्थमन्त्रीसँग भएको छलफलमा जुटेन सहमति
काठमाडौँ । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच सङ्घीय संसद्का कर्मचारीको माग र आन्दोलनबारे भएको छलफल विनानिश्कर्ष सकिएको छ ।
सभामुख देवराज घिमिरेको निवासमा बिहीबार भएको छलफल बिना निश्कर्ष सकिएको हो । ‘छलफल भयो तर कुनै सहमति हुन सकेन । कर्मचारीका माग तत्काल सम्बोधन हुन सक्ने देखिएन’, स्रोतले भन्यो।
यसअघि कर्मचारी आन्दोलनबारे सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसँग समेत छलफल गरेका थिए । संसद्का कर्मचारीहरू अतिरिक्त कामको थप सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनरत छन् । उनीहरुले बुधबार र बिहीबार ५ बजेपछि संसद चल्दा ब्ल्याक आउट गर्दै आएका छन् ।
बजेटमाथि संसदमा महत्त्वपूर्ण छलफल भइरहेका बेला कर्मचारीले गरेको असहयोगलाई सभामुखले गम्भीरताका साथ लिएर छलफल चलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण