कृषि क्षेत्रलाई अघि बढाउँदा समग्र आर्थिक क्षेत्रको विकास हुन्छ : कृषिमन्त्री शाह
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले कृषि क्षेत्र अघि बढाउन सकेमा देशको आर्थिक क्षेत्र अघि बढ्ने बताएकी छिन् । प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको कृषि मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहले कृषि क्षेत्रलाई अघि बढाउन सकेमा आर्थिक क्षेत्र अघि बढ्ने बताएकी हुन् ।
यस्तै किसानले पाउन बाँकी भुक्तानीको विषयमा समेत उनले प्रस्ट्याएकी छिन् । किसानले पाउनुपर्ने रकमका लागि बजेट विनियोजन भएपनि रकम अपुग भएको उनको भनाई छ । ‘किसानलाई ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा लागेका छौँ,’ मन्त्री शाहले भनिन् ।
यसबाहेक कृषि क्षेत्रमा रोजगारी सृजना गर्ने विषयमा सरकार नै चिन्तित भएको बताइन् । मधेसमा ८ लाख हेक्टर जग्गा भएपनि युवा बिदेसिइरहेको बताउँदै मन्त्री शाहले त्यसतर्फको जग्गामा खेतीका लागि युवालाई प्रोत्साहित गर्नुपर्छ । ‘सबैले आफ्नो निर्वाचन क्षेत्रमा कृषि क्षेत्रको पुर्नउत्थानका लागि अभियान चलाउने समय आएको छ,’ मन्त्री शाहले भनिन् ।
देशभर बाँझो बनिरहेको जग्गालाई खेतीयोग्य बनाउनका लागि ४ देखि ५ वटा मन्त्रालयको सहकार्य चाहिने मन्त्री शाहको भनाई छ । उद्योग, कृषि, श्रम र सिँचाइ लगायत मन्त्रालयको सहकार्य भएमा सहजै बाँझो जग्गाको व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण